शिक्षा मानिसलाई
बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा
भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले
छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ ।
पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार
छ । यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार
अन्धकार भित्र गुन्जिरहन्थ्यो होला ।
कतिपय समुदायका व्यक्तिहरु अझैपनि शिक्षावाट बन्चित भएका छन् ।
अशिक्षाको कारणले गर्दा अहिले लाखौँ नेपाली युवाहरु बिदेशीन बाध्य भएका छन् ।
अशिक्षाको कारणले गर्दा आम नेपालीहरु पराइ भूमिमा रातदिन पसिना बगाउन बाध्य भएका
छन् । कति नेपालीहरु आफ्नो ज्यान पनि गुमाईरहेका छन् । अशिक्षाको कारणले गर्दा र
नेपालमा बेरोजगार भएपछि एउटा सुन्दर सपना बोकेर विदेशिने नेपालीहरु बाकसमा लास भएर
नेपाल फर्किन परेका छन् । कति घरवारविहीन भएका छन्
हाम्रो देश नेपालको शिक्षा प्रणाली हेर्ने हो भने धेरै खालका
भिन्नता देखिन्छ । कतिपय क्षेत्रहरुमा अहिलेसम्म पनि प्राथमिक बिधालयसमेत उपलब्ध
छैन । त्यही अन्धकार समाजमा गुन्जिएर शिक्षावाट बन्जित भैरहेका छन् । त्यसैले
गर्दा एउटा असल व्यक्ति बनाउनको लागि पनि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ
। एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि
सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल
राष्ट्र बनाउनलाई शिक्षा आबश्यक हुन्छ ।
शिक्षाको महत्व पनि त्यतिकै आबश्यक छ । एउटा राम्रो स्वस्थकर
जीवनयापन गर्नको लागि पनि शिक्षाको महत्व हुन्छ । एउटा समाजमा सम्मानित व्यक्ति
भएर जिउनको लागि शिक्षाको महत्व छ । नेपालमै राम्रो रोजगार गर्नकोलागि पनि
शिक्षाको महत्व हुन्छ । एउटा जीवनको जति महत्व छ त्यतिनै शिक्षाको पनि महत्व छ ।
जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ । किन कि ? शिक्षा बिनाको
जीवन पनि एउटा दृष्टिविहीन व्यक्ति जस्तै हो । एउटा दृष्टिविहीन व्यक्तिसँग सबै
कुरा भएता पनि उनीहरु सँग एउटा मात्र कमजोरी हुन्छ । जुन आखाको ज्योति हो ।